ओयार्जाबलको ह्याट्रिक, स्पेनको गोल वर्षा
बिहीबार, २४ जेठ २०८१, १२ : ३५

मड्रिड । मिकेल ओयार्जाबलको ह्याट्रिकको मद्दतले स्पेनले एन्डोर्रामाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा स्पेन ५–० गोलले विजयी बनेको हो ।
खेलमा एयोजे पेरेजले टोलीलाई अग्रता दिलाएका थिए । उनले २४ औँ मिनेटमा गोल गरे । त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।
दोस्रो हाफमा भने स्पेनले गोल वर्षा गर्यो । २० मिनेटको अन्तरमा ओयार्जाबलले तीन गोल थप्दै ह्याट्रिक पूरा गरे । ८१ औँ मिनेटमा फेरान टोरेसले टोलीका लागि पाँचौँ गोल गरे ।
स्पेन यूरो २०२४ मा समूह बीमा रहेको छ । ग्रुप अफ डेथ मानिएको यो समूहमा क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले जुन १५ मा क्रोएसियाको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?
-
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई