फ्रान्सको जितमा एम्बाप्पेको गोल

पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेले गोल गर्दा फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जम्बर्गमाथि ३–० को जित हासिल गरेको छ ।
खेलको ४३ औँ मिनेटमा रान्डल कोलो मुनाईले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ७० औँ मिनेटमा जोनाथन क्लाउसले टोलीको अग्रता दोब्बर बनाए । दुवै गोलकाे अवसर एम्बाप्पेले सिर्जना गरेका थिए । ८५ औँ मिनेटमा एम्बाप्पे आफैलेले टोलीका लागि तेस्रो गोल थपे ।
खेलमा दुईवटा गोलको अवसर सिर्जना गरेका एम्बाप्पेको फ्रान्सका लागि २८ औँ एसिस्ट थियो । उनले यसमा जिनेदिन जिदान र थिएरी हेनरीको रेकर्ड उछिनेका छन् । उनीभन्दा अघि एन्टोनी ग्रिजमान (३०) मात्र रहेका छन् ।
खेलमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका ओलिभिए जिरु फ्रान्सका लागि खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी बने । उनले ३७ वर्ष २४९ दिनको उमेरमा फ्रान्सका लागि खेलेका हुन् ।
अब डिडिएर डेसच्याम्पको टोलीले यूरो २०२४ अघि मैत्रीपूर्ण खेलमा क्यानडाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन