एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी
![एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी](https://npcdn.ratopati.com/media/news/capture_hPbqsInLNy.jpg)
क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको छ । योसँगै कम्पनी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिष्टेड कम्पनी बनेको छ ।
बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य एकैदिन ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १ हजार २२४ डलरमाथि उक्लिएको थियो । कृत्रिम बौद्धिकताको क्षेत्रमा लगानी गर्ने लहर चलिरहेको समयमा गएको वर्षयता नै एनभिडियाको शेयर मूल्य बढ्दो क्रममा थियो ।
पछिल्लो वृद्धिसँगै बजार पुँजीकरणको मामिलामा नभिडिया भन्दा अगाडि अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट मात्रै छ । च्याटजीपीटीको निर्माता ओपनएआईमा लगानी गरेयता गएको वर्षयता माइक्रोसफ्टको शेयर मूल्य पनि बढिरहेको छ ।
फेब्रुअरीमा एनभिडियाको बजार पुँजीकरण २० खर्ब डलर आसपास थियो । गत महिना कम्पनीको शेयर टुक्र्याउने योजना घोषणा गरेयता एनभिडियाको शेयरमा लगानीकर्ताको ओइरो लागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?