शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

डिजिटल नेपाल कन्क्लेभ हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा जोड दिइने

बिहीबार, २४ जेठ २०८१, १० : ३५
बिहीबार, २४ जेठ २०८१

काठमाडौं । शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुन लागेको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको जनाइएको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ बत्ताहरु रहेका छन् । 

काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन् भने समापनको पावर संवादमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागिता हुनेछ । 

यसैगरी सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कन्क्लेभमा  डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । लगभग २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहने आयोजकले जानकारी दिएको छ । 

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन । 

वर्षको ठुलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघिय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढीको सहभागिता रहने अपेक्षा छ । इच्छुक व्यत्तिले सहभागिताको लागि वेबसाइट www.digitalconclave.org  बाट टिकट खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकको भनाइ छ । सम्पूर्ण कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण समेत हुनेछ । 

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ । सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशनहरु वेबसाइटमार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ । 

डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपुर्ण र प्रभावकारी हुने आयोजकको भनाइ छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप