बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

स्टोइनिसको अलराउन्ड प्रदर्शन, ओमानलाई सजिलै हरायो अस्ट्रेलियाले

बिहीबार, २४ जेठ २०८१, १० : ०२
बिहीबार, २४ जेठ २०८१

ब्रिजटाउन । टी–२० विश्वकपमा समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ । १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए । उनले ३० बलमा २ चौका र २ छक्का हिर्काए । त्यस्तै, मेहरान खानले १६ बलमा २७ रन जोडे । उनले १ चौका र दुई छक्का प्रहार गरे ।

aayan khan

कप्तान अकिब इलियासले १८ बलमा १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । शकिल अहमदले १० बलमा ११ रन जोडे ।

खेलमा अलराउन्ड प्रदर्शन गरेका मार्कस स्टोइनिसले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए । टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक र तीन विकेट लिने मात्र तेस्रो खेलाडी बने ।

mitchel starc

नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे । जाम्पाले टी-२० क्रिकेटमा ३ सय विकेट पूरा गरेका छन् ।

warner

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । टोलीका लागि ओपनर डेभिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतकीय इनिङ्स खेले ।

स्टोइनिसले विस्फोटक इनिङ्स खेल्दै मात्र ३६ बलमा ६७ रन जोडे । उनले यस क्रममा २ चौका र ६ छक्का प्रहार गरे ।

marcus stoinis

त्यस्तै, भेटरान खेलाडी वार्नरले ५१ बलमा ५६ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का हिर्काए । 

कप्तान मिचेल मार्सले २१ बलमा १४ रन तथा ट्राभिस हेडले १० बलमा १२ रन बनाए । ओमानका लागि मेहरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप