बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

बिहीबार, २४ जेठ २०८१, ०८ : ०५
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा अन्तर्गतको जारी खेलमा अस्ट्रेलियाले ओमानलाई जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  क्यारेबियन राष्ट्र बार्बाडसको जर्जटाउनस्थित केसिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउन सफल भयो । 

अस्ट्रेलियाका स्टोइनिसले अविजित रहँदै सर्वाधिक ६६  रन बनाए। वार्नरले ५४ रन प्रहार गरे भने कप्तान मिचर्ल मार्श १४, ट्राभिस हेड १२ र टिम डेविड १० रनमा आउट हुँदा ग्लेन मैक्सवेलले खाता खोल्न सकेनन्।

ओमानका मेहरान खानले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिलाल खान र कलीमउल्लाहले समान एक विकेट लिए। 

अस्ट्रेलिया र ओमान प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा नामिबिया, स्कटल्यान्ड र साबिक विजेता इङ्ल्यान्ड पनि छन् । समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो तेस्रो खेल हो । यसअघि खेलिएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो ।

इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नामिबिया दुई अङ्कसहित पहिलो, स्कटल्यान्ड एक अङ्कसहित दोस्रो र इङ्ल्यान्ड एक अङ्कसहित तेस्रो स्थानमा आसीन छन् । अस्ट्रेलियाले भने पहिलो खेल खेल्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप