टी–२० विश्वकप : पपुवा न्युगिनीले युगान्डालाई दियो ७८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ । समूह सीमा रहेका यी दुवै टिम पहिलो जितको खोजीमा छन् ।
टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनायो ।
पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५ रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे ।
युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?