मोदीले दिए प्रचण्डलाई धन्यवाद
_Dvm7vNOrCt.jpg)
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई न्यानो शुभकामनाका लागि धन्यवाद दिएका छन् । बुधबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबिचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।’
एनडीए बैठकले फेरि एकपटक नरेन्द्र मोदीलाई नेता चयन गरेको भारतीय जनता पार्टीले जानकारी दिएको छ । योसँगै उनी पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । भाजपाले चुनावमा २४० सिट जितेको छ भने आफ्ना सहयोगीहरूसँग मिलेर बहुमतको अङ्क पार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता