प्रभाव पार्न सक्ने खेलाडी : एडम जाम्पा (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका अनुभवी बलर हुन्, एडम जाम्पा । छोटो ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अब्बल प्रदर्शन गर्दै आएका छन् । ३२ वर्षीय जाम्पा आफ्नो लेगब्रेक गुगलीले विश्वका धुरन्धर ब्याट्सम्यानहरूलाई हैरान पार्न खप्पिस छन् ।
जाम्पाले अस्ट्रेलियाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले टेस्ट क्रिकेट भने खेलेका छैनन् । उनले अस्ट्रेलियाका लागि ९९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक सय ६९ विकेट लिएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ३५ रन खर्चिएर पाँच विकेट हो । एकदिवसीय क्रिकेटमा उनले एक पटक पाँच विकेट र ११ पटक चार विकेट लिएका छन् ।
यसैगरी उनले ८० वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ७९ पालीमा ९२ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १९ रन खर्चिएर पाँच विकेट हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एकपटक पाँच र एकपटक चार विकेट लिएका छन् ।
जाम्पा अस्ट्रेलियन टोलीका प्रभावशाली फिल्डर पनि हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १८ र टी–२० अन्तर्राष्ट्रियमा १२ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय ९३ र टी–२० अन्तर्राष्ट्रियमा ५४ रन बनाएका छन् ।
उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यानलाई स्टम्पिङ गर्ने बलरको सूचिमा १०औँ स्थानमा छन् । उनले हालसम्म १० ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलरको सूचिमा २०औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा