बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी : नसिम खुसी (ओमान)

बुधबार, २३ जेठ २०८१, २२ : ०६
बुधबार, २३ जेठ २०८१

नसिम खुसी ओमानको टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् । ४१ वर्षीय नसिम खुसीले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको प्रतियोगिता खेलेका छन् ।

यी दायाँहाते ब्याट्सम्यानले ओमानका लागि हालसम्म ३२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको २५ पालीमा ११२.५३ को स्ट्राइक रेटमा कुल तीन सय ९५ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ६९ रन हो । टोलीका कुशल फिल्डरसमेत रहेका नसिम खुसीले एकदिवसीय क्रिकेटमा हालसम्म २२ क्याच पनि लिएका छन् । विकेटकिपरको भूमिकामा उनले तीन ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।

यसैगरी उनले ५० टी–२० अन्तर्राष्ट्रियको ३८ पालीमा १५८.४२ को स्ट्राइक रेटमा कुल ६ सय ८६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीनवटा अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर भने ६९ रन हो ।

उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १९ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले विभिन्न टोलीका पाँच ब्याट्सम्यानलाई स्टम्पिङ पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप