बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

नासाउ काउन्टीमा अर्को लो–स्कोरिङ खेल, आयरल्याण्ड ९६ रनमा अलआउट

बुधबार, २३ जेठ २०८१, २१ : ३३
बुधबार, २३ जेठ २०८१

न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा आयरल्याण्ड भारतविरुद्ध ९६ रनमा सीमित बनेको छ । भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट भएको हो ।

आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । 

जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे । 

bumrah

भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।

नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । नासाउ काउन्टीमा यसअघि भएको एउटा मात्र खेल निकै कम स्कोरिङ भएको थियो । 

दक्षिण अफ्रिकाविरुद्ध श्रीलङ्काको टोली ७७ रनमा मात्रै सीमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । 

तर, भारत र आयरल्याण्डबिचको तथ्याङ्क हेर्दा यी दुई टोलीबिच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सातवटै खेल जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप