बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्री यादवद्वारा स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

बुधबार, २३ जेठ २०८१, २१ : ३९
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेकाे उनको स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए । 

आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदीप केसीलाई दिइएको छ । यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे,  भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप