लोकसभा चुनावमा एनडीएले बहुमत पाएपछि चीनले के भन्यो ?
बुधबार, २३ जेठ २०८१, २१ : ०८

नयाँ दिल्ली । चीनले नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनलाई बधाई छ। हामी चीन र भारतबिचको स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौँ।’
मंगलबार भएको मतगणनामा भाजपाले २४० सिट जितेको छ । एक्लै बहुमत ल्याउन नसके पनि सहयोगी दलको सहयोगमा पुनः एनडीए सरकार बनाउने निश्चित मानिएको छ ।
भाजपाको सहयोगी तेलुगु देशम पार्टीले १६ सिट, जनता दल (युनाइटेड)ले १२ सिट र लोक जनशक्ति पार्टी (रामविलास)ले पाँच सिट जितेको छ । उता विपक्षी कांग्रेस पार्टीले ९९ सिट, समाजवादी पार्टीले ३७ सिट र टीएमसीले २९ सिट जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै