सहकारी छानबिन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छ : प्रमुख सचेतक बर्तौला
बुधबार, २३ जेठ २०८१, १८ : ५९

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताएका हुन् । उनले समितिमा एमालेको भूमिकाप्रति आशंका गर्नेहरूले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरू सचेत रहेको बताए । उनले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताए ।
प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरी तोकिएकै समयमा प्रतिवेदन पेस गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार