अक्षयपछि कार्तिकले सलमानलाई गरे ‘रिप्लेस’

नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यन बलिउडको ‘फेभरेट’ हिरो बनेका छन् । उनीसँग फिल्ममा काम गर्न हर कोही आतुर छन् ।
कार्तिक आगामी दिनमा सुरज बडजात्याको फिल्ममा नयाँ ‘प्रेम’ बन्ने अनुमान गरिएको छ । उनले सलमान खानलाई एक फिल्मबाट रिप्लेस गरेका छन् । तर यी खबरमा अहिलेसम्म कुनै आधिकारिक बयान भने आएको छैन । यसअघि कार्तिकले बलिउड सुपरस्टार अक्षय कुमारलाई भुल भुलैया फ्रेन्चाइजीको दोस्रो भाग ‘भूल भुलैया–२’ मा रिप्लेस गरेका थिए । अब उनी सलमान खानलाई रिप्लेस गर्दैछन् ।
पिंकभिलाको रिपोर्ट अनुसार कार्तिक आर्यन निर्देशक सूरज बडजात्याको फिल्ममा नयाँ ‘प्रेम’ बन्न तयार छन् । यो ट्रेडमार्क नाम अहिलेसम्म बलिउड सुपरस्टार सलमान खानको हातमा थियो । सुरज बडजात्याले सलमान खानसँगको ‘प्रेम की शादी’ घोषणा गरेका थिए । तर सलमानले यो फिल्मको हिस्सा बन्न अस्वीकार गरे । सलमानले् फिल्ममा खेल्न नमानेपछि निर्माताले कार्तिकलाई सम्पर्क गरेका छन् ।
रिपोर्टका अनुसार यो प्रोजेक्टमा अझै छलफल भइरहेको छ । कार्तिकमा नयाँ युगको ‘प्रेम’ बन्ने खुबी भएको बडजात्यालाई लागेको बताइएको छ । फिल्म आधुनिक युगको एकल परिवारमा आधारित रहने बताइएको छ ।
बडजात्या आफैँले सलमानसँग फेरि काम गर्ने घोषणा गरेका थिए । नयाँ फिल्मको नाम ‘प्रेमकी शादी’ राखिएको थियो । तर एक वर्षभन्दा बढी समयदेखि चर्चामा रहे पनि अभिनेताले छिट्टै रोमान्टिक फिल्ममा काम गर्न नचाहेकोले फिल्म रोकिएको थियो । यस्तोमा कार्तिकले बडजात्याको नयाँ प्रेम बन्ने मौका पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने