मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार
बुधबार, २३ जेठ २०८१, १८ : २३
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन तयार भएका छन् । बुधबार बस्ने प्रदेश बैठकमा विश्वासको मत लिन उनी तयार भएका हुन् । त्यसका लागि उनी प्रदेश सभा भवन पुगेका छन् ।
यसअघि बिरामी परेको भन्दै मुख्यमन्त्री यादवले बुधबारका लागि तय भएको विश्वासको मतसम्बन्धीको कार्यसूची सार्न प्रस्ताव गरेका थिए । तर मुख्यमन्त्री यादवको उक्त प्रस्ताव सभामुख रामचन्द्र मण्डलले अस्वीकार गर्दै सदन चलाउने निर्णय गरेका थिए ।
सभामुखले सदनको कार्यसूची नसारेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?
-
सांसदहरूले भने– वकालत गरेको १५ वर्षपछि वरिष्ठ अधिवक्ता बन्न पाउने समयावधि बढाउनु हुँदैन