अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताको उपाधि जनप्रशासन स्ववियुलाई

काठमाडौँ । जनप्रशासन क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको अन्तर क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि जनप्रशासन क्याम्पस विद्यार्थी युनियनले हात पारेको छ भने उपविजेता त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन बनेको छ ।
काठमाडौँ उपत्यकाका १४ वटा क्याम्पसको सहभागिता रहेको खेल नक आउट खेलाइएको थियो ।
ल्याबोटरी स्कुलको खेल मैदान कीर्तिपुरमा भएको खेलमा म्यान अफ दि सिरिज सत्यम यादव भए ।
विजेता र उपविजेतालाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागका प्रमुख डा. नरेन्द्र पौडेल र क्याम्पस प्रमुख हरिभक्त शाहीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । शाहीलाई प्रमुख अतिथि बनाइएको थियो ।
स्ववियु अध्यक्ष अग्र बहादुर शाहीले आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
उनले विद्यार्थी शक्तिलाई बौद्धिक एवम् रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गराउन, बहु–आयामिक विकासमा प्रेरित गर्न र क्याम्पसको शैक्षिक तथा संस्थागत विकासमा स्ववियु क्रियाशील रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा