केजरीवाललाई दोहोरो झड्का : न्यायिक हिरासत बढ्यो, अन्तरिम जमानतको निवेदन खारेज

नयाँ दिल्ली । राउज एभेन्यु अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढाएको छ । मुख्यमन्त्री केजरीवालमाथि अदालतले रक्सी घोटालामा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सो निर्णय गरेको हो ।
उनी अब जुन १९ सम्म न्यायिक हिरासतमा बस्नुपर्नेछ । आज उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गरिएको थियो । अदालतले मुख्यमन्त्री केजरीवालको सात दिनको अन्तरिम जमानतको निवेदन खारेज गरेको छ ।
केजरीवालले मेडिकल कारण देखाउँदै ७ दिनको जमानत मागेका थिए । यसैबिच अदालतले आवश्यक स्वास्थ्य परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
केजरीवाल र आपविरुद्ध आरोप
मुख्यमन्त्री अरविन्द केजरीवाल र आम आदमी पार्टी (आप) विरुद्ध रक्सीको अन्तःशुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा दायर भएको पूरक आरोप पत्रको संज्ञान लिने मुद्दामा अदालतले आफ्नो निर्णय स्थगित गरेको छ । राउज एभिन्यू अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले अब जुलाई ९ मा यस विषयमा फैसला गर्नेछन् । सबै पक्षको दलिल सुनेपछि न्यायाधीशले मे २८ मा आफ्नो फैसला सुरक्षित राखेका थिए ।
राजधानीमा रक्सीको व्यापारमा लगानीको बदलामा पन्जाबका व्यापारीहरूबाट घुस लिइएको प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपपत्रमा उल्लेख गरेको छ । आम आदमी पार्टी (आप) को शासन रहेको पन्जाबमा घुस नदिने व्यापारीहरूलाई छिमेकी राज्यमा मदिरा व्यवसायमा लगानी गर्न अनुमति नभएको ईडीको भनाई छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन (पीएमएलए) अन्तर्गत पहिलोपटक कुनै राजनीतिक दलविरुद्ध मुद्दा दर्ता भएको छ ।
केजरीवालले तिहाड जेलमा गरे आत्मसमर्पण
दिल्लीका मन्त्री कैलाश गहलोतले भने– ‘सर्वोच्च अदालतले दिएको मितिअनुसार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आत्मसमर्पण गरेका छन् ।’ उनले राजघाट र हनुमान मन्दिरको दर्शन गर्नुका साथै पार्टीका नेताहरुसँग पनि भेट गरेका थिए ।
मुख्यमन्त्री केजरीवालले आफूहरूलाई उनको बारेमा नसोच्न र काम गर्न भनेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड विजयी, दबाबमा एटलेटिको
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती