बर्खामा मेलम्चीको पानी नदीतिर नफर्काउन बाढी पीडितको चेतावनी
काठमाडौँ । मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरूले वर्षायाममा पनि सुरुङ प्रवेश गराइएको पानी निरन्तर पथान्तरण गर्न माग गरेका छन् । उनीहरुले वर्षायाममा सुरुङ प्रवेश गराइएको पानी नदीतिर नफर्काउन चेतावनी नै दिएका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडित र स्थानीय दलका प्रतिनिधिहरूले यस्तो चेतावनी दिएका हुन् ।
‘केही वर्षदेखि हिउँद शुरूवातसँगै तामझामका साथ पानी काठमाडौँ प्रवेश गराउने र जब मनसुन सुरु हुन्छ त्यसपश्चात पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिम ख्याल (वास्ता) नगर्ने प्रवृत्ति र मानसिकताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढी पीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौँ ।’
उनीहरूले आफूहरूको अनुरोध र अपिललाई कमजोरी ठानेर जबरजस्ती नदीतिरै पानी फर्काउने प्रयत्न गरिए हिउँदमा पुनः पानी पथान्तरण गर्न असम्भव हुने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार
-
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र