मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को अग्रिम टिकट बुकिङ खुल्ला

बुधबार, २३ जेठ २०८१, १७ : ०३
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । दुवै फिल्मलाई मल्टिप्लेक्सले राम्रो शो दिएको छ । समाचार तयार गर्दासम्म शो सङ्ख्या ‘लन्डन टु पेरिस’ को तुलनामा ‘गाउँ आएको बाटो’ को अलि बढी छ ।

‘गाउँ आएको बाटो’ लाई देशको ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ३८ शोज दिएको छ । त्यसैगरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३/३ शो प्राप्त गरेको छ । अन्य केही हलमा भने बुकिङ खुल्न बाँकी रहेको छ । 

त्यस्तै, फिल्म ‘लन्डन टू पेरिस’ ले क्यूएफएक्सको आउटलेटमा कूल २९ शो पाएको छ । फिल्मलाई आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २/२ शोज दिएका छन् । फिल्मको शो बिहीबार घटिबढी पनि हुन सक्नेछन् । फिल्मको व्यवसाय हेरेर आगामी शनिवार शो घटिबढी हुन सक्नेछ । 

‘गाउँ आएको बाटो’ नवीन सुब्बा निर्देशित फिल्म हो । बाबु छोराको बिचको प्रेम बोल्ने फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् ।

‘लन्डन टू पेरिस’ घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म हो । ‘ट्राभल लभस्टोरी’ कथामा बनेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन् । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियामा बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप