नेपाल र नेदरल्याण्ड्सबिच वैदेशिक व्यापार : १० महिनामा २ अर्ब घाटा
बुधबार, २३ जेठ २०८१, १७ : ०२

काठमाडौँ । नेद्ल्याण्ड्ससँग नेपालले २ अर्ब रुपैयाँ रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा भएको दुईपक्षीय व्यापारमा नेपालले सो व्यापार घाटा ब्यहोरेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा नेदरल्याण्ड्सबाट २ अर्ब ७४ करोड ४२ लाख रुपैयाँको आयात भएको छ । यस्तै यो अवधिमा ७० करोड रुपैयाँको वस्तु नेदरल्याण्ड्सतर्फ निर्यात भएको तथ्यांक विभागको छ ।
यसअनुसार नेपालसँगको व्यापारमा नेदरल्याण्ड्स २ अर्ब ४ करोड १९ लाख रुपैयाँको नाफामा छ । गत आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपाललाई १ अर्ब ९१ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।
सो अवधिमा नेपालमा नेदरल्याण्ड्सबाट २ अर्ब ७५ करोड २० लाख रुपैयाँको आयात भएको थियो । यस्तै नेपालबाट ८४ करोड रुपैयाँको निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग