मुख्यमन्त्री यादवको प्रस्ताव सभामुखद्वारा अस्वीकार

वीरगन्ज । मधेस प्रदेशसभाले मुख्यमन्त्री सरोजकुमार यादवको प्रस्तावलाई अस्वीकार गरेको छ । प्रदेश सभाबाट आज लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्ने मुख्यमन्त्री यादवको प्रस्तावलाई सदनले अस्वीकार गरेको हो ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले गरेको प्रस्ताव विश्वासको मतको कार्यसूची सार्ने प्रस्ताव तत्काल पूरा नगर्ने बताए । उनका अनुसार सदन सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र मुख्यमन्त्री यादवले विश्वासको मतको कार्यसूची सार्न आग्रह गरेका थिए ।
उनले भने, ‘मुख्यमन्त्रीबाट आएको प्रस्तावमा हामीले छलफल चलायौँ, सबै सल्लाह फरक फरक आयो । त्यसकारण मैले आज सदन स्थगन नगरेर चलाउने निर्णय गरे ।’
सभामुख मण्डलले अब केहीबेरमा सदन सुरु गर्ने बताए । उनले भने, ‘हामी केही बेरमा सदनको बैठक सुरु गर्छौ, प्रदेश सरकारबाट केही आउनुभएन भने वा कसैले विरोध गरेमा केही घण्टाका लागि पुनः सदन स्थगित गर्छौ । तर आज भनिएको कार्यसूची अनुसारको काम रोकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म