मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मुख्यमन्त्री यादवको प्रस्ताव सभामुखद्वारा अस्वीकार

बुधबार, २३ जेठ २०८१, १५ : ५५
बुधबार, २३ जेठ २०८१

वीरगन्ज । मधेस प्रदेशसभाले मुख्यमन्त्री सरोजकुमार यादवको प्रस्तावलाई अस्वीकार गरेको छ । प्रदेश सभाबाट आज लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्ने मुख्यमन्त्री यादवको प्रस्तावलाई सदनले अस्वीकार गरेको हो ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले गरेको प्रस्ताव विश्वासको मतको कार्यसूची सार्ने प्रस्ताव तत्काल पूरा नगर्ने बताए ।  उनका अनुसार सदन सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र मुख्यमन्त्री यादवले विश्वासको मतको कार्यसूची सार्न आग्रह गरेका थिए । 

उनले भने, ‘मुख्यमन्त्रीबाट आएको प्रस्तावमा हामीले छलफल चलायौँ, सबै सल्लाह फरक फरक आयो । त्यसकारण मैले आज सदन स्थगन नगरेर चलाउने निर्णय गरे ।’ 

सभामुख मण्डलले अब केहीबेरमा सदन सुरु गर्ने बताए । उनले भने, ‘हामी केही बेरमा सदनको बैठक सुरु गर्छौ, प्रदेश सरकारबाट केही आउनुभएन भने वा कसैले विरोध गरेमा केही घण्टाका लागि पुनः सदन स्थगित गर्छौ । तर आज भनिएको कार्यसूची अनुसारको काम रोकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप