‘हैरान’मा निश्माको हिरो को ?
सोमबार, १७ वैशाख २०७५, ११ : ५६
काठमाडौं – विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मीको अभिनय देख्न सकिन्छ ।
गीतमा संगीत र स्वर राजन इशानको रहेको छ भने अभिनेता गम्भीर विष्टले यसलाई लेखेका हुन् । चलचित्रको कथा अनुसार गीत तयार गरिको अभिनेता गजितले बताए ।
४ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘हैरान’मा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण