प्रतिनिधिसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।
छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए । प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई झुक्याउने काम गरिएको उनको भनाइ थियो ।
सांसद ठाकुर गैरले आगामी आवको बजेट आधारभूत रूपमा सही रहेको उल्लेख गर्दै सत्तारुढ दलको साझा नीति तथा कार्यक्रममा तादम्यता कायम हुन नसकेको हो कि भन्ने जिज्ञासा राखे । उनले बजेटमा राखिएका कतिपय विषय कार्यान्वयन हुन नसकेको तथ्य पेस गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिए ।
सांसद पूर्णबहादुर घर्तीले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा पूर्ण समर्थन रहेको बताए । बजेटले संविधानको कार्यान्वयन, रोजगार वृद्धि, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको स्पष्ट पार्दै उनले मुलुकमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य बजेटमा राखिएकाले सकारात्मक रहेको बताए ।
सांसद सन्तोष परियारले राजनीतिक परिवर्तनलाई स्थायित्व बनाउन अर्थराजनीतिले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गर्न माग गरे । चालु खर्च र पुँजीगत खर्चको बीचमा रहेको खाडल कम गरेर जानुपर्नेमा उनले जोड दिए ।
सांसद कृष्णकुमार श्रेष्ठले बजेटमा तराई–मधेसमा भूमिगत जल सिँचाइ कार्यक्रम, स्यालो ट्युबेललगायत विषय समेटिएको, उर्वर भूमिलाई विशेष प्राथमिकतामा राखिएको बताए । तराई–मधेसमा खानेपानीको अभाव रहेकाले त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकेको उनले गुनासो गरे ।
सांसद अमरेशकुमार सिंहले राजनीतिक प्रभावका आधारमा बजेट विनियोजन गरिएको, अर्थतन्त्र मन्दीमा रहेकाले त्यसको समाधानका लागि ध्यान नदिइएको बताए । बैठकमा सांसदहरू बिना जैशवाल, सुशीला श्रेष्ठ, सोनु मुर्मु, सर्वेन्द्रनाथ शुक्लाले आगामी आर्थिक वर्षको बजेटका बारेमा आलोचनात्मक टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु