भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् ।
यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो । जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।
बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।
यद्यपि मोदी अर्को कार्यकाल पनि प्रधानमन्त्री नै बन्ने समाचारमा जनाइएको छ । उनले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ । त्यसका लागि सबै एनडीए सांसदहरूबाट हस्ताक्षरहरू प्राप्त गरिएको छ। जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदको सेन्ट्रल हलमा एनडीएका सबै सांसदहरूको बैठक हुने बताए ।
लोकसभा चुनावमा बीजेपीले २४० सिट जितेको छ । यो बहुमत सङ्ख्या (२७२) भन्दा ३२ सिट कम हो। तर, एनडीएले २९२ सिटका साथ बहुमत हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?