शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
विशेष समिति बैठक

बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

बुधबार, २३ जेठ २०८१, १४ : ३७
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ ।  सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।

गत जेठ १५ गते गठन भएको समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन् । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई  तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप