विश्वकप खेल्न सन्न्यास फिर्ता लिएका पाकिस्तानी अलराउन्डर पहिलो खेलअघि घाइते

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो पहिलो खेल बिहीबार आयोजक राष्ट्र अमेरिकासँग खेल्दैछ । खेल राति २१ः१५ बजे सुरु हुनेछ । त्यो खेलअघि पाकिस्तानी टोलीका एक खेलाडी घाइते भएका छन् ।
घाइते भएका कारण अमेरिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीका अलराउन्डर इमाद वसिम उपस्थित हुने छैनन् । इमादको चोटले पाकिस्तानी टोली थप दबाबमा परेको छ । पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन पनि खासै गतिलो छैन ।
विश्वकप सुरु हुनुअघि पाकिस्तानले इङ्ल्यान्डसँग टी–२० शृंखला खेलेको थियो । त्यो शृङ्खलामा पाकिस्तानको प्रदर्शन अत्यन्तै निराशाजनक थियो । त्यसमाथि आफ्नो पहिलो खेलअघि अलराउन्डर इमाद वसिम घाइते भएपछि पाकिस्तानी टोली थप दबाबमा परेको छ ।
इमाद वसिम घाइते भएपछि कप्तान बाबर आजम पनि चिन्तित देखिएका छन् । ‘अन्तिम क्षणमा आएर इमाद घाइते हुनु टोलीका लागि दुर्भाग्य हो । अब उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुबाहेक अर्को विकल्प छैन,’ कप्तान बाबर आजमले भनेका छन् ।
इमाद वसिम विश्वकप खेल्न सन्न्यास फिर्ता लिएर पाकिस्तानी टोलीमा फर्किएका हुन् । इमादसँगै तीव्र गतिका बलर मोहम्मद आमिरले पनि विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएका थिए ।
सन्न्यास फिर्ता लिएलगत्तै इमादलाई न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो