मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

विश्वासको मतको कार्यसूची सार्ने कि के गर्ने भन्नेबारे निर्णय लिन सभामुख छलफलमा

बुधबार, २३ जेठ २०८१, १४ : १२
बुधबार, २३ जेठ २०८१

वीरगन्ज । मधेस प्रदेशसभाको आजको कार्यसूचीबाट विश्वासको मतसम्बन्धीको विषय सार्न मुख्यमन्त्री सरोजकुमार यादवले पत्र पठाएसँगै सभामुखले छलफल थालेका छन् । 

मुख्यमन्त्री यादवले आजै विश्वासको मतसम्बन्धीको कार्यसूची सार्न मागसहितको पत्र संसद् सचिवालयमा पठाएका थिए दिउँसो ३ बजेका लागि बोलाइएको बैठकअघि मुख्यमन्त्रीबाट औपचारिक पत्र प्राप्त भइसकेपछि सभामुख उक्त प्रस्तावबारे निर्णय लिन छलफलमा जुटेका छन् । 

त्यसका लागि सभामुख मण्डलले अहिले सर्वदलीय बैठक डाकिसकेका छन् । सर्वदलीय बैठक सकिएलगत्तै परामर्श समितिसँग छलफल गर्ने सभामुख मण्डलको तयारी छ । 

बिरामी परेको भन्दै मुख्यमन्त्री यादवले आजको कार्यसूची फेर्न बिहान १२ बजे पछाडि निवेदन लेख्दै सभामुख मण्डलसँग आग्रह गरेका थिए ।

अब विश्वासको मतको कार्यसूची जेठ २८ गते तोक्न सभामुख रामचन्द्र मण्डलसँग मुख्यमन्त्री यादवले माग गरेका छन् । 

विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्रीले आज लिने भनिएको विश्वासको मतको कार्यसूची हटाउन लगाएको राजनीतिक वृत्तमा अड्कलबाजी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप