भारतीय दूतावासले मनायो वातावरण दिवस

काठमाडौँ । विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको चारधाम मन्दिर परिसर नजिकै वृक्षारोपण कार्यक्रम गरी सो दिवस मनाएको दूतावासद्वारा जारी विज्ञप्ति उल्लेख छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले वातावरणको संरक्षण र जगेर्नामा साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
वन मन्त्री र ललितपुर महानगरपालिकाका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको आवश्यकतामा जोड दिए ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सहभागीहरूले १५० वटा वृक्षहरू रोपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित