बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सभामुखलाई कांग्रेसको प्रश्न : टुक्का भन्दै गर्नु भन्नु संसदीय मर्यादा भयो कि भएन ?

बुधबार, २३ जेठ २०८१, १३ : ०१
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले मंलबारका प्रतिनिधिसभा बैठकमा दुइवटा असंसदीय अभ्यास भएको बताएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थिङले असंसदीय अभ्यास र संसदीय मर्यादा विपरीतका गतिविधि भएको बताएकी हुन्। उनले मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा राप्रपा दलका नेता राजेन्द्र लिङ्देनले रोस्टमबाट अर्थमन्त्री खोजेपछि सभामुख आसनबाट आएको अभिव्यक्ति असंसदीय भएको बताइन्।

‘राजेन्द्र कुमार लिङ्देनले रोस्टममा उभिएर बजेटको विषयमा छलफल गर्दा अर्थमन्त्री खोजेपछि सभामुखको आसनबाट टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो। संसदीय मर्यादा भयो कि भएन ?,’ उनको प्रश्न छ । 

त्यस्तै कांग्रेस सांसद शान्ति परियारलाई ६ मिनेटको समय दिएर साढे तीन मिनेटमै रेकर्ड अफ गरिदिएको पनि थिङले बताइन्। यस्तो असंसदीय व्यवहार नदोहोरियोस् भन्दै उनले अनुरोध गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप