‘बिरामी’ परेको भन्दै विश्वासको मतको कार्यसूची सार्न मुख्यमन्त्री यादवको पत्र
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिन लागिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुखसँग आग्रह गरेका छन् । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ ।
आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका हुन् । मुख्यमन्त्री यादवले आफू अस्वस्थ रहेको भन्दै आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसँग माग गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेशका सभामुख मण्डलका अनुसार मुख्यमन्त्री यादवले अहिले भर्खरै प्रदेश सभामा आफू अस्वस्थ रहेको जनाऊ गर्दै पत्र पठाएका छन् । ‘पत्रमा आज दिउँसो ३ बजे बस्ने बैठकको कार्यसूचीबाट विश्वासको मतको मिति सार्न माग गरिएको छ,’ उनले भने ।
मुख्यमन्त्री यादवबाट प्राप्त पत्रबारे थप छलफल गरेर निर्णय गरिने सभामुख मण्डलले बताए । उनका अनुसार परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर अब यसबारे टुङ्गो लगाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
-
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
-
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
-
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा
-
आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
-
१० बजे, १० समाचार : सकियो एनपीएल, साइबर ब्युरो पुगिन् समीक्षा