हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल कामी
काठमाडौँ । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सन लायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो ।
नेपाली समर्थक ग्रान्ड पेरी रङ्गशालामा पूर्ण भरिभराउ रहँदा टियु क्रिकेट मैदानकै अनुभूति भएको थियो । तर ती दर्शकले जितको खुसी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद बन्न सकेन । दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार व्यहोर्यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’तीव्र गतिका बलर सोमपालले भने ।
टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही साबित भयो । किनकि नेपालले शुरुदेखि नै ब्याटिङमा निकै सङ्घर्ष गर्नुपर्यो । एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन ।
तर कप्तान रोहितकुमार पौडेलबाहेक तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् । डच टोली पनि सहजै लक्ष्य भेट्याउन सफल भएनन् । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु