आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
भारत लाेकसभा निर्वाचन

नरेन्द्र मोदीले चलाउन सक्लान् गठबन्धन सरकार ?

बुधबार, २३ जेठ २०८१, ११ : ५६
बुधबार, २३ जेठ २०८१

नयाँ दिल्ली । भारतमा भएको आम निर्वाचनको नतिजामा भाजपा बहुमत हासिल गर्नबाट चुक्यो । स्थिति यस्तो बनेको छ कि नितीश कुमार र चन्द्रबाबु नायडूको समर्थन पायो भने मात्रै भाजपा सत्तामा रहन सक्ने स्थिति छ । भाजपाले २४० सिट पाएको छ । सरकार बनाउन उसलाई २७२ सिट चाहिन्छ । एनडीए गठबन्धनले करिब २९२ सिट र विपक्षी भारतीय गठबन्धनले २३४ सिट प्राप्त गरेको छ ।

इन्डिया गठबन्धनको सुत्रधार जेडीयूका अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नितीश कुमारले गएको जनवरीमा इन्डिया गठबन्धन छाडेर एनडीएमा सामेल भएका थिए । बिहारमा जेडीयूले एनडीएसँग मिलेर सरकार बनायो अनि यही गठबन्धनसँग मिलेर लोकसभा चुनाव पनि लड्यो । यस निर्वाचनमा जेडीयूले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ । बिहारमा यो दलले १२ सिटमा जितेको छ । भाजपाको पोल्टामा पनि बिहारको १२ सिट आएको छ ।

एलजेपी (रामविलास)ले पाँच र जितनराम मान्जीको पार्टीले एक सिट प्राप्त गरेको छ । अर्थात् एनडीएले कुल ३० सिट पाएको छ । पूर्णियाको एक सिटमा भने स्वतन्त्रका उम्मेदवार पप्पु यादवले जितेका छन् ।

नायडू र नितीशमा भरमा सरकार

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीले १६ सिट जितेको छ । तेलुगुमा लोकसभा र विधानसभा दुवैको चुनाव भएको  थियो । टीडीपीले १७५ सदस्यीय विधानसभामा १३५ सिट जितेर भारी बहुमत हासिल ग¥यो । एनडीएमा टीडीपी पनि छ । रोचक कुरा त के छ भने  नितीश कुमार र चन्द्रबाबु नायडू दुवैले केही समयअघिसम्म केन्द्रमा मोदी सरकारविरुद्ध मोर्चा खोलेका थिए । तर यतिबेला एनडीए गठबन्धनमा यी दुईको हैसियत निकै महत्त्वपूर्ण बनेको छ । सरकार बनाउन मोदी र बीजेपी सामु यिनै पुराना सहयोगीहरूसँग तालमेल गर्न जरुरी छ ।

 मोदीसामु चुनौती

सामान्य राजनीतिक हिसाबले हेर्दा तेस्रो पटक सरकार बनाउने प्रयासमा २ सय ४० सिट आसपास पुग्नु नराम्रो प्रदर्शन होइन । मोदीले ठुलो लक्ष्य लिएकोले मात्रै यो सिट संख्या कम देखिएको हो । एक्जिट पोलले एनडीए गठबन्धनले ४०० पार गर्ने देखाएको थियो । यस्तोमा पछिल्लो भाजपाका लागि ‘जितेर पनि हारेको’ जस्तो र विपक्षीलाई ‘हारेर पनि जितेको’ जस्तो बनेको हो ।

ताजा मतपरिणाम पछि सत्ता समीकरणमा नितीश र नायडु ‘किंगमेकर’ बनेका छन् । ‘नितीश कुमार र चन्द्रबाबु नायडूको बैसाखी बिना यो सरकार चल्न सक्दैन ।’ वरिष्ठ पत्रकार सञ्जीव श्रीवास्तव भन्छन् । रोचक कुरा चाँहि के छ भने नितीश कुमार मौसम जस्तै परिवर्तन भइरहन्छन् । यति बेला भाजपालाई सरकार बनाउन नितीश र नायडुको साथ नभइ हुन्न । अब बन्ने सत्ता समीकरणमा मोदीलाई आच्छु आच्छु पार्ने देखिन्छ ।

सामान्य राजनीतिक हिसाबले हेर्दा तेस्रो पटक सरकार बनाउने प्रयासमा २ सय ४० सिट आसपास पुग्नु नराम्रो प्रदर्शन होइन । मोदीले ठुलो लक्ष्य लिएकोले मात्रै यो सिट संख्या कम देखिएको हो । एक्जिट पोलले एनडीए गठबन्धनले ४०० पार गर्ने देखाएको थियो । यस्तोमा पछिल्लो भाजपाका लागि ‘जितेर पनि हारेको’ जस्तो र विपक्षीलाई ‘हारेर पनि जितेको’ जस्तो बनेको हो । पछिल्लो चुनावी परिमाणको मुख्य सन्देश मोदीले एनडीएका सबै घटक दलहरूलाई साथमा लैजानु पर्छ भन्ने हो । पछिल्लो निर्वाचनले मोदीलाई उनको ‘हैयिसत’ पनि सम्झाइदिएको छ ।

चल्ने छैन सत्ता केन्द्रीकरण

सबैभन्दा ठुलो चुनौती यो हो कि मोदीको विगत दश वर्षको कार्यकालमा प्रधानमन्त्री स्वयम् र गृहमन्त्री बाहेक सत्तामा कसैको सहभागिता थिएन । तर अब सरकारमा उनले अन्य दलको सहभागिता बढाउनु पर्नेछ । यसका लागि उनले ‘बाजपेयी मोडल’ अपनाउनु पर्नेछ ।

तर यो मोडलको मोदीलाई कुनै अनुभव छैन । मोदी सन् २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भए । यस अवधिमा उनले एकछत्र शासन गरेका थिए । अब एक्कासि उनले तालमेल र सहमतिको राजनीति गर्नु पर्नेछ । उनले यो नयाँ भूमिकालाई कतिको अपनाउन सक्छन् भन्नेमा मोदी नेतृत्वको आगामी सरकारको दिगोपन निर्भर हुनेछ । सन् १९९९ मा अटल बिहारी वाजपेयीको नेतृत्वमा सरकार गठन हुँदा एनडीए गठबन्धनमा २४ दल थिए । यो सरकार पाँच वर्ष टिकेको थियो । गठबन्धनमा तालमेल मिलाउने वाजपेयीको सीप र कौशलकै कारण पाँच वर्षसम्म सरकार स्थिर रहन सकेको विश्वास राजनीतिक विश्लेषकहरूको छ ।

विपक्षी नेताहरूको अभिव्यक्तिले कस्तो संकेत गरिरहेको छ ?

मंगलबार चुनावी मतपरिणामको रुझानले बीजेपीले आफ्नै दममा बहुमत ल्याउने सम्भावना सकिएको देखाउने बित्तिकै एनडीएका घटकहरूका लागि ढोका खुला रहेको सङ्केतहरू इन्डिया गठबन्धनबाट आउन थालेको थियो । केही भारतीय सञ्चार माध्यमहरूले त इन्डिया गठबन्धनका प्रमुख सदस्य शरद पवारले नितीश कुमार र चन्द्रबाबु नायडूसँग कुरा गरेको भन्दै समाचार नै छापे । तर उनले यस खबरलाई अस्वीकार गर्दै बुधबार दिल्लीमा गठबन्धनको बैठक बस्ने बताए ।

‘नीतिश कुमार भन्दा राम्रो प्रधानमन्त्री को हुन सक्छ’ भनेर साँझतिर जेडीयूको एमएलसी खालिद अनवरले भनेपछि चलखेलको अनुमान बढेको थियो ।

तर केही नेताहरुको भनाइले भविष्यमा सत्ताको समीकरण फेरिन सक्ने संकेत गरेको छ । कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले माइक्रो ब्लगिङ वेबसाइट एक्समा चन्द्रबाबु नायडूलाई सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले आन्ध्र प्रदेशलाई पाँच वर्षको लागि विशेष दर्जा दिने वाचा स्मरण गराए । चन्द्रबाबु नायडूले आन्ध्र प्रदेशले विशेष दर्जा नपाएका कारण आफूले साझेदार परिवर्तन गरेको बताएका थिए । सोही कारण उनी भाजपा छोडेर कांग्रेसमा प्रवेश गरेको मानिन्छ । यसपछि उनले चन्द्रबाबुको पुरानो अन्तरवार्ता ट्वीट गरेका थिए । सो ट्विटमा चन्द्रबाबुले ‘सबै नेताहरू नरेन्द्र मोदीभन्दा राम्रो छन् ।’ भनेर भनेका थिए ।

सरकार बनाउने दौडमा छ कांग्रेस

मंगलबार साँझ कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलनमा सरकार गठनका विषयमा सोधिएको प्रश्नमा कांग्रेस नेता राहुल गान्धी र कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खर्गेले बुधबार गठबन्धनको बैठकमा निर्णय हुने बताएका थिए । जयराम रमेशको ट्विटले राजनीतिक सन्देश दिएको विश्वास राजनीतिक विश्लेषकहरू गर्छन् । ‘नीतिश कुमार भन्दा राम्रो प्रधानमन्त्री को हुन सक्छ’ भनेर साँझतिर जेडीयूको एमएलसी खालिद अनवरले भनेपछि चलखेलको अनुमान बढेको थियो ।

‘नीतीश जी देशलाई बुझ्नुहुन्छ । उनलाई हाम्रो लोकतान्त्रिक संस्थाहरूको सम्मान गर्न आँउछ, लोकतान्त्रिक तरिकामा अगाडि बढ्न आउँछ, जनतालाई एकताबद्ध कसरी गर्ने भन्ने थाहा छ । अहिले हामी एनडीए गठबन्धनमा छौं, तर पहिले पनि र आज पनि जनता नितीश कुमारलाई प्रधानमन्त्री बनेको हेर्न चाहन्छन् ।’ उनले भनेका थिए ।

अहिलेको समयमा सत्तारुढ एनडीए गठबन्धनसँग २९२ सिट छ । यो भनेको सरकार बनाउन चाहिने २७२ सिटभन्दा बढी नै हो । जेडीयूको १२ सिट र टीडीपीको १६ सिट मिलाउँदा २८ सिट हुन्छ । यी दुई पार्टीबिना एनडीएसँग २६४ सिट मात्रै हुन्छ ।

तर इन्डिया गठबन्धनका अन्य दुई घटक पार्टीहरू आरजेडी र आम आदमी पार्टीबाट आइरहेका अभिव्यक्तिहरू पनि ध्यान दिनु पर्ने खालका छन् । ‘भाजपा बहुमतबाट टाढा छ । यदि मैले यहाँ चन्द्रबाबु नायडूको पार्टी टीडीपी र जेडीयूलाई अलग्गयाइदिए भने बहुमत पनि हुने छैन । ४०० पारको बेलुन फुटिसकेको छ ।’ आरजेडी नेता मनोज झाले भनेका छ्न ।

दिल्ली सरकारका मन्त्री तथा आम आदमी पार्टीका नेता गोपाल राईले पत्रकार सम्मेलन गरी चन्द्रबाबु नायडू र नितिश कुमारलाई सही निर्णय लिन अपिल गरेका छन् । ‘देशका जनताले टीडीपीका चन्द्रबाबु नायडू र जेडीयू का नितिश कुमारबाट सही समयमा सही निर्णय लिने आशामा छन् । देशमा अधिनायकवादको अन्त्य गर्न र बेरोजगारी अनि मुद्रास्फीतिको समस्या समाधान गर्न लोकतान्त्रिक सरकार गठन हुनेछ ।’ रायले भनेका छन् ।

कस्तो छ सरकार गठनको समीकरण ?

मंगलबार साँझ दिल्लीस्थित भाजपा मुख्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दा प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आफूमाथि विश्वास देखाएकोमा सबैलाई धन्यवाद दिएका थिए । “एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित छ । देशवासीले भाजपा र एनडीएमा पूर्ण विश्वास व्यक्त गरेका छन् । आजको जित विश्वको सबैभन्दा ठुलो लोकतन्त्रको विजय हो ।’ मोदीले भनेका थिए । तर, उनीसामु हरेक परिस्थितिमा घटक दललाई एकबद्ध राख्ने र शक्तिको समीकरणलाई सन्तुलित राख्ने चुनौती पनि छ ।

अहिलेको समयमा सत्तारुढ एनडीए गठबन्धनसँग २९२ सिट छ । यो भनेको सरकार बनाउन चाहिने २७२ सिटभन्दा बढी नै हो । जेडीयूको १२ सिट र टीडीपीको १६ सिट मिलाउँदा २८ सिट हुन्छ । यी दुई पार्टीबिना एनडीएसँग २६४ सिट मात्रै हुन्छ ।

अर्को तर्फ इन्डिया गठबन्धनसँग २३२ आसपास सिट छ । कंग्रेससँग ९९, समाजवादी पार्टीसँग ३७ सिट, तृणमूल कंग्रेससँथ २९, डीएमकेसँग २१ शिवसेना यूबीटी सँग ९, एनसस्पी (शरद पवार)सँग ७ सिट आरजेडीसँग ४, आपसँग ३, जेएमएसँग ३, सीपीआई एमएलसँग २ र अरु साना ६ दल छन् ।

एनडीएमा २४० सिटसहित बीजेपी सबैभन्दा ठुलो दल हो । यसपछि टीडीपी, जेडीयू र अन्य आउँछन् । केन्द्रमा सरकार गठन गर्न अब नितीश कुमार र चन्द्रबाबु नायडूकै भर छ । यतिबेला सबैको आँखा चन्द्रबाबु नायडू र बिहारका मुख्यमन्त्री नितीश कुमारमाथि छ । दुबै साझेदार र रणनीति फेर्न माहिर छन् । बुधबार दुवै गठबन्धनको बैठक बस्दैछ । सरकार गठनको रणनीति कसरी अगाडि बढ्छ यो बैठकपछि मात्र थाहा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप