विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान
बुधबार, २३ जेठ २०८१, ११ : ५६

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गरेकी छन् ।
बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्युनिकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताइन् । उनले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने बताइन् ।
उनले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरु पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ ? भन्ने अनुमान गर्न सकिने बताइन् । उनले जलवायु परिवर्तनका असर कम गर्न एक्शन प्लान बनाएर काम गर्न जरुरी रहेको बताइन् ।
उपसभामुख रानाले बाँसका सामग्री, माटोको भाँडाहरुको प्रयोग बढाएर प्लास्टिकहरुको प्रयोग कम गर्न आह्वान गरन् ि।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला
-
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
-
पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
-
कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
-
‘डिजिटल प्रविधिको लत जसरी सोचेभन्दा कैयौँ गुणा भयानक’ : यादव भट्टराई