विश्व वातावरण दिवसको अवसरमा तारकेश्वरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर ५ को नागार्जन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँलसहित सविन तामाङ, बासुदेव लामा, सानुकाजी प्रजापति, नागार्जुन १ का रामेश्वर लामा, इन्द्रमान महर्जनलगायत सामाजिक अगुवाको सहभागिता रहेको थियो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै भट्टले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर
-
चिया सम्मेलन गर्ने निर्णयबाट पछि हट्यो कोशी सरकार