कोशी सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्रीको रिट श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
बुधबार उक्त रिट निवेदन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
पूर्वमुख्यमन्त्री केदार कार्कीका तर्फबाट सुप्रेक्षा जोशीले दायर गरेको रिटमा हिक्मत कार्की नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक रहेको जिकिर गरिएको छ । कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ बमोजिम अन्तिम विकल्पका रुपमा मुख्यमन्त्री नियुक्त भएको भन्दै आफ्नै नेतृत्वको सरकार कायम गराउन परमादेश माग गरेका छन् ।
रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर बिस्ट, सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे