आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
भारत लोकसभा निर्वाचन

चुनाव हार्ने यी चर्चित अनुहार

बुधबार, २३ जेठ २०८१, ११ : ३२
बुधबार, २३ जेठ २०८१

नयाँ दिल्ली । भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको परिणामले धेरै उम्मेदवारका लागि खुसीको खबर ल्यायो भने धेरै उम्मेदवारले पराजयको सामना गर्नुपरेको थियो ।

यसपटक चुनावमा धेरै दिग्गजहरूले हारको सामना गर्नुपरेको छ। हेरौँ यस्ता अनुहारहरू, जसका लागि यस पटकको चुनाव निराशाजनक बन्यो ।

  • अधीर रञ्जन चौधरी, बहरामपुर, कांग्रेस

पश्चिम बंगालको बहरमपुर सिटबाट कांग्रेस नेता अधीर रञ्जन चौधरीले पराजय भोग्नु परेको छ । अधीर रञ्जन चौधरी टीएमसीका युसुफ पठानसँग ५३९२२८ मतले पराजित भएका छन् । अधीर रञ्जन चौधरीले ४३८१७१ मत प्राप्त गरेका छन् ।'

smritiirani_20240604174443

  • स्मृति इरानी, अमेठी, बीजेपी

यूपीको हाइ प्रोफाइल सीट अमेठीबाट भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानी पराजित भएकी छिन् । कांग्रेस उम्मेदवार किशोरी लालले स्मृति इरानीलाई १६७१९६ मतले पराजित गरेका छन् । स्मृति इरानीले ३७२०३२ मत प्राप्त गरिन् । पछिल्लो पटक उनले यस सिटबाट राहुल गान्धीलाई पराजित गरेकी थिइन् ।

  • दिनेश लाल यादव, आजमगढ, भाजपा

भोजपुरी सुपरस्टार तथा आजमगढबाट भाजपाका उम्मेदवार दिनेश लाल यादव सपाका उम्मेदवारसँग १६१०३५ मतले पराजित भएका छन् । दिनेशलाल यादवले ३४७२०४ मत पाएका छन् । जबकि सपाका उम्मेदवार धर्मेन्द्र यादवले ५०८२३९ मत प्राप्त गरेका छन् ।

  • माधवी लता, हैदराबाद, भाजपा

हैदरावादबाट भाजपा उम्मेदवार माधवी लताले पराजय भोग्नु परेको छ । ओवैसीले माधवी लतालाई ३३८०८७ मतले पराजित गरेका छन् । माधवी लताले ३२३८९४ मत प्राप्त गरिन् ।

  • मेनका गान्धी, सुल्तानपुर, बीजेपी

सुल्तानपुरबाट भाजपा उम्मेदवार मेनका गान्धी पराजित भएकी छन् । सपाका उम्मेदवार रामभुवल निषादले मनेका गान्धीलाई ४३१७४ मतले पराजित गरेका छन् । सुल्तानपुरमा मेनका गान्धीले ४०११५६ मत पाएकी छन् ।

navbharat-times

  • महबूबा मुफ्ती, अनन्तनाग राजौरी, पीडीपी

पीपुल्स डेमोक्रेटिक पार्टीकी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीले चुनाव हारेकी छन् । नेशनल कन्फरेन्सका उम्मेदवार मियाँ अल्ताफ अहमदले मेहबुबा मुफ्तीलाई २८१७९४ मतले पराजित गरेका छन् । महबूबा मुफ्तीले २४००४२ मत पाएकी छिन् ।

Kanhaiya_Kumar

  • कन्हैया कुमार, उत्तर-पूर्वी दिल्ली, कांग्रेस

कांग्रेस नेता कन्हैया कुमार १३७०६६ मतले पराजित भए । उत्तरपूर्वी दिल्ली लोकसभा सीटबाट कन्हैया कुमारले ६८४५०१ मत पाएका छन्।

  • दिग्विजय सिंह, राजगढ, कांग्रेस

पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता दिग्विजय सिंहले मध्यप्रदेशको राजगढबाट हार बेहोरेका छन् । भाजपा उम्मेदवार रोडमल नगरले सिंहलाई १४५५३७ मतले पराजित गरेका छन् । दिग्विजयले ६१०६०२ मत प्राप्त गरेका छन् ।

umar abdullah

  • उमर अब्दुल्ला, बारामुल्ला, नेशनल कन्फ्रेन्स

बारामुल्लाबाट स्वतन्त्र उम्मेदवार अब्दुल रसिद शेखले नेशनल कन्फ्रेन्सका ओमर अब्दुल्लालाई २०४१४२ मतले पराजित गरेका छन् । उमर अब्दुल्लाले २६८३३९ मत पाएका छन् ।

  • अजय राई, वाराणसी, कांग्रेस

उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय राईले पराजय भोग्नु परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अजय राईलाई १५२५१३ मतले पराजित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप