प्रतिनिधिसभा बैठक
अर्थमन्त्रीले प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
बुधबार, २३ जेठ २०८१, ११ : २०

काठमाडौँ । संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको सामान्य छलफल बुधबार सकिँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले बोलिसकेपछि सांसदहरूले बजेट वक्तव्यमाथि उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम तय भएको छ ।
संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि बजेटमाथिको मन्त्रालयगत छलफल सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले मङ्गलवार नै जवाफ दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति