राखेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१/०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गरेका छन् । राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेबसाइटमा पनि राखिएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सरोकारवाला सबैलाई धन्यवाद दिए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनै पनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउँदै कार्यान्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औँल्याए ।
सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसँगै राखेपले पूर्वाधारको विवरण पनि सार्वजनिक गर्ने बताउनु हुँदै क्रमैसँग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु