टी–२० विश्वकप : भारत र वेस्ट इन्डिजको नाममा लेखिएको यो कीर्तिमान

काठमाडाैँ । हालसम्म टी–२० विश्वकपको आठ वटा संस्करण मात्र सम्पन्न भएका छन्हा, भने ६ वटा राष्ट्रले मात्र उपाधि चुमेका छन् । टी–२० विश्वकपको हालसम्म सम्पन्न फाइनल खेलमा दुई पटक मात्र पहिले ब्याटिङ गर्ने टोलीले उपाधि जितेका छन् । ती राष्ट्र भारत र वेस्ट इन्डिज हुन् ।
सन् २००७ मा सम्पन्न पहिलो संस्करणको फाइनलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो । त्यसपछि सन् २०१२ मा सम्पन्न चौथो संस्करणको फाइनलमा वेस्ट इन्डिजले श्रीलङ्कालाई ३६ रनले हराएको थियो ।
यसदेखि बाहेक अन्य संस्करणको फाइनलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलङ्कालाई आठ विकेटले र सन् २०१० को फाइनलमा इङ्गल्यान्डले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।
यसैगरी सन् २०१४ को फाइनलमा श्रीलङ्काले भारतलाई ६ विकेटले, सन् २०१६ को फाइनलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले, सन् २०२१ को फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले र सन् २०२२ को फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?