शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : पल स्टर्लिङ (आयरल्यान्ड)

बुधबार, २३ जेठ २०८१, १० : ३४
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । पल स्टर्लिङ आयरल्यान्डका कप्तानका हुन् । उनी टोलीका अनुभवी अलराउन्डर खेलाडी पनि हुन् । ३३ वर्षीय पल स्टर्लिङले टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।

उनी आयरल्यान्डका लागि नौ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् । उनले ६ वटा टेस्टमा कुल तीन सय १९ रन बनाएका छन् । उनले टेस्टमा एउटा शतक र एउटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर एक सय तीन रन हो ।

यसैगरी उनले एक सय ६१ एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ५४ पालीमा कुल पाँच हजार सात सय रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १४ शतक र २९ वटा अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ७७ रन हो ।

यसैगरी पल स्टर्लिङले एक सय ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै कुल तीन हजार पाँच सय ८९ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एक शतक र २३ वटा अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर भने अविजित एक सय १५ रन हो ।

यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४३ र टी–२० अन्तर्राष्ट्रियमा २० विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ५५ रन खर्चिएर ६ विकेट हो भने टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी यी प्रभावशाली अलराउन्डरले आयरल्यान्डका लागि टेस्ट क्रिकेटमा चार, एकदिवसीय अन्तर्राष्ट्रियमा ६० र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ वटा क्याच पनि लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप