प्रभाव पार्न सक्ने खेलाडी : रोहित शर्मा (भारत)

काठमाडौँ । भारतीय टोलीका कप्तान हुन्, रोहित शर्मा । उनी टोलीका सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् । उनी टी–२० विश्वकप क्रिकेटमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनले हालसम्म टी–२० विश्वकपमा ३९ खेल खेलिसकेका छन् ।
३७ वर्षीय रोहितले भारतका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार आठ सयभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । रोहितले ५९ टेस्टको एक सय एक पालीमा कुल चार हजार एक सय ३७ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले १२ शतक र १७ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय १२ रन हो ।
यसैगरी उनले दुई सय ६२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको दुई सय ५४ पालीमा कुल १० हजार सात सय नौ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा ३१ शतक र ५५ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर दुई सय ६४ रन हो ।
यसैगरी रोहितले एक सय ५१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एक सय ४३ पालीमा कुल तीन हजार नौ सय ७४ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले पाँच शतक र २९ वटा अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर भने अविजित एक सय २१ रन हो ।
यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा दुई, एकदिवसीय अन्तर्राष्ट्रियमा नौ र टी–२० अन्तर्राष्ट्रियमा एक विकेट पनि लिएका छन् । उनले टेस्टमा ६०, एकदिवसीय अन्तर्राष्ट्रियमा ९३ र टी–२० अन्तर्राष्ट्रियमा ६० वटा क्याच पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
-
‘एक्सन चुनौती पुर्ण रहेछ’