बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

इंल्याण्ड र स्कटल्याण्डले अङ्क बाँडे

बुधबार, २३ जेठ २०८१, ०० : ५३
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । वर्षाले खेल प्रभावित भएपछि स्कटल्याण्ड र इंल्याण्डबिचको खेल बिना कुनै नतिजा सकिएको छ । दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् ।

१० ओभरमा छोट्याइएको खेलमा स्कटल्याण्डले १० ओभरमा बिना कुनै विकेट गुमाई ९० रन बनाएको थियो । जर्ज मुन्सेले ३१ बलमा ४१ तथा माइकल जोन्सले ३० बलमा ४५ रन जोडे ।

समूह बीमा दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूहमा नामिबिया २ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप