ब्लगः नयाँ शक्ति र ससफोबीचको एकता
राजेश विद्रोही
राजनीतिक स्वार्थ र विभेदका कारण टुटफुट र विभाजनमा केन्द्रित नेपाली राजनीतिलाई नयाँ शिराबाट जोड्ने चर्चामा रहेका नयाँ शक्ति र संयुक्त समाजवादी फोरम (ससफो) बीचको एकता प्रयास सेलाएको छ । यसको प्रमुख कारण नेतृत्व र पार्टीमा रहेका दलाल अवसरवादी चरित्र नै हुन्, जसले पार्टी एकता चाहँदैन ।
पार्टी एकताका लागि धेरै पटक बाबुराम र उपेन्द्रबीच गहन छलफल भए । सामूहिक प्रतिबद्धतामा संयुक्त प्रेस विज्ञप्ती पनि जारी गरे । कतिसम्म भने पार्टी एकताका लागि दुई पक्षबीच कार्यदलसम्म बनेको थियो । तर पहिलो र दोस्रो स्थानीय तहको निर्वाचन तालमेलले नेताकार्यकर्ता बीचको अहमताले एकताको दूरी टाढिएको देखिन्छ । बोल्ने र गर्नेबीचको असमानताले अविश्वास बढोको छ । निर्वाचनमा नयाँ शक्ति र ससफोको उपस्थिति र प्रस्तुतिमा समेत स्थानीय तहमा मतान्तर देखिन्छ । हुन त दलगत हिसाबले स्वभाविक हो तर स्वभाविकताको पनि केही सीमा हुन्छन् ।
यी दुई पार्टीका नेता तथा कार्यकर्ताबीचको अन्तर्सम्बन्ध जति नजिक हुनुपर्ने हो उति देखिँदैन । यसले गर्दा फराकिलो राजनीतिक चरित्र स्थापित हुन सकेको छैन । यसले के देखिन्छ भने नेतृत्व नेता तथा कार्यकर्ताको मर्म र भावनालाई समाउन सकेको छैन या त नेताकार्यकर्ता नेतृत्वको दृष्टि र विचारलाई पछ्याउन सकेको छैन अर्थात् नेतृत्वबीच राजनीतिक वैचारिक मेल देखिए पनि नेताकार्यकर्तामा र सङ्गठनमा त्यो स्पिरिट देखिँदैन । पुरानै अहम, दम्भ र घण्ड छताछुल्ल हुँदै गएका छन् ।
यस्तो अवस्था रहिरह्यो भने नयाँ शक्ति र ससफोबीचको एकता असम्भव हुँदै गएको छ । एकताको नाममा धोका दिने र एकले अर्काको सङ्गठन र नेताकार्यकर्ता भाँड्ने, तान्ने र दलाल अवसरवादीलाई राजनीति लाभ दिने भन्दा आफ्नै बाटोबाट आफ्नो राजनीतिक सहयात्रालाई निरन्तर्ता दिए हुन्छ । ससफोमा रहेको यही प्रवृत्तिका कारण उपेन्द्र यादव र अशोक राईमा ठूलो मतान्तर हुँदै आएको छ । यस्तै अवस्था ससफोमा रहिरह्यो भने मधेसबाट पनि टाढिने सम्भावना बढ्दै गएको छ ।
सदियौँदेखि उत्पीडनको जाँतोमा पिल्सिएका मधेसीलगायत उत्पीडित समुदायलाई राज्यको कार्यकारी निकायमा पुर्याउने सपना डा. बाबुराम भट्टराईको छ । त्यसैकारण भट्टराई आरोपित हुँदै आएका छन् । लेखन क्षेत्रमा पनि खगेन्द्र सङ्ग्रौला, प्रदीप नेपाल, प्रदीप गिरी आदि पनि अपमानित छन् । डा. भट्टराईले मधेसमा रहेको उत्पीडनलाई सम्बोधन गर्नेसक्ने नेतृत्वका रुपमा र मधेसी भावनाको नेतृत्व गर्ने क्षमता उपेन्द्र यादवमा देखे । तर उनको बुझाई गलत सावित भएको छ । उपेन्द्र यादव सङ्कुचित जातीय मानसिकताको घराबन्दीमा छन् । उपेन्द्र यादवमा बाहिर जे देखिन्छ, त्यो उनको मनभित्रबाट छैन भन्ने जानकारी भट्टराईले पछि मात्र बुझे । यति थहा पाउँदा पाउँदै पनि उनले उपेन्द्रलाई सही बाटोमा डोर्याएर सक्षम बनाउने प्रयास गरे ।
अहिले वर्गीय तथा सबैखाले राजनीतक असफल्ताका कारण संसारभरि नयाँ शक्तिका कुरा उठेका छन् । त्यसको नेतृत्व गर्ने सहास भट्टराईले गरेका छन् । नेपाली मौलिकताका आधारमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र धर्मलाई समेटेर साझा संसार, मुलुक र समाज बनाउने सङ्कल्प बाबुरामको छ । सबैखाले असम्मानता र विभेद तोडेर गरिब धनीबीचको खाडल न्यूनीकरण गर्ने र सबैलाई राज्यमा सम्मान पहुँच स्थापित गर्ने खाले शासकीय स्वरूप स्थापित गर्ने सोचकासाथ अगाडि बढेका छन् नयाँ शक्ति अभियान ।
राजनीतिक स्वार्थ र विभेदका कारण टुटफुट र विभाजनमा केन्द्रित नेपाली राजनीतिलाई नयाँ शिराबाट जोड्न र उठाउन एकताको चर्चामा रहेका नयाँ शक्ति र ससफोबीचको एकता सेलाएको छ । यसको प्रमुख कारण नेतृत्व र पार्टीमा रहेको दलाल अवसरवादी चरित्र नै हो, जसले पार्टी एकता चाहँदैन ।
पार्टी एकताका लागि धेरै पटक बाबुराम र उपेन्द्रबीच गहन छलफल हुँदै आएका छन् । हालसम्म सामूहिक प्रतिबद्धतामा संयुक्त प्रेसविज्ञप्ती पनि जारी गर्दै आएका छन् । कतिसम्म भने पार्टी एकताका लागि दुई पक्षबीच कार्यदल पनि बनेका थिए । तर पहिलो र दोस्रो स्थानीय तहको निर्वाचन तालमेलले नेताकार्यकर्ताबीचको अहम र गलत राजनीतिक प्रतिविम्बले एकताको दूरी टाढिए जस्तो देखिन्छ । बोल्ने र गर्ने बीचको असमानताले अविश्वास बढोका छन् । निर्वाचनमा नयाँ शक्ति र ससफोको उपस्थिति र प्रस्तुतिमा समेत स्थानीय तहमा मतान्तर देखिन्छ । यो विषय दलगत हिसाबले स्वभाविक भए पनि यसका सीमा हुन्छ । स्थानीय निकायमा ससफोले चुनावी तालमेलमा नयाँ शक्तिसँग गरेको व्यवहार मधेसी जनतालाई पचेको छैन । नयाँ शक्तिले जसरी पहाडी मधेसी विभेदलाई न्यूनीकरण गर्न र जनताको सम्बन्ध र मुद्दालाई हल गर्न मसाल छापलाई पहाडको कुनाकाप्चामा स्थापित गरे ।
हिजोसम्म मधेसी दललाई मुठीभरका ठूला दलले सहमती र सम्झौताको नाममा उपयोग गरे । तर, डा. बाबुराम भट्टराईले मधेसी विचारलाई आत्मसात गरेर स्थापित गर्न काँधमा बोक्ने सहास गरे । तथापि केही मधेसी राजनीतिले कुदृष्टिले हेर्ने प्रचार गरे । विभिन्न भ्रामक खेतीमा लागे । मधेसीका नाममा आफ्नो राजनीतिक हैसियत गुम्ने खतरा बाबुरामबाटै देख्न थाले र विजातीय मधेसविरोधी दलसँग घाँटी जोड्ने दुसाहास गरे । परिणामत अहिलेसम्म मधेस केन्द्रित राजनीति पेन्डुलमको दिशामा विभक्त भएका छन् ।