टी–२० विश्वकप : नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु भएको छ । अम्पायरसँगै दुबै टोलीका खेलाडी मैदानमा प्रवेश गरेका छन् । दुबै राष्ट्रको राष्ट्रिय गान पनि पुरा भएको छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । नेदरल्यान्ड्सले टस जिती पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीका लागि टसले ठुलो अर्थ नराख्ने बताएका छन् । ‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौ । अहिलेका लागि हाम्रो लक्ष्य यही हो,’ नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपाली टोलीका कप्तानले भने ।
उनले १० वर्षपछि आफूहरु विश्वकप मञ्चमा उभिएको बताउँदै सानैदखि देशका लागि विश्वकप खेल्नु आफ्नो सपना भएको प्रतिक्रिया पनि दिएका छन् । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डालासमा हुँदैछ । रंगशालामा आफ्नो टोलीको हौसला बढाउन हजारौँको सङ्ख्यामा नेपाली समर्थक उपस्थित छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
-
नेपालमै पहिलो पटक ROYAL ENFIELD काे एबीएस सिस्टम बाइक बजारमा
-
लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ