टी–२० विश्वकप
नेपाली कप्तान रोहित भन्छन्, ‘टस ठुलो विषय होइन, हामी ठुलो स्कोर बनाउन चाहन्छौँ’
मङ्गलबार, २२ जेठ २०८१, २१ : ३५

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीका लागि टसले ठुलो अर्थ नराख्ने बताएका छन् । ‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौ । अहिलेका लागि हाम्रो लक्ष्य यही हो,’ नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपाली टोलीका कप्तानले भने ।
उनले १० वर्षपछि आफूहरु विश्वकप मञ्चमा उभिएको बताउँदै सानैदेखि देशका लागि विश्वकप खेल्नु आफ्नो सपना भएको प्रतिक्रिया पनि दिएका छन् । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डालासमा केही समयमा सुरु हुनेछ ।
खेल मंगलबार राति ९ः१५ बजे सुरु हुने भनिए पनि केही समयअघि भएको वर्षाका कारण आउट फिल्ड सुक्न समय लागेकाले खेलमा केही विलम्ब भएको हो । समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग