जलवायुमैत्री कृषि प्रविधि अपनाउन विज्ञको सुझाव
![जलवायुमैत्री कृषि प्रविधि अपनाउन विज्ञको सुझाव](https://npcdn.ratopati.com/media/news/baigyanik_1aVkTrJcKh.jpg)
काठमाडौँ । जलवायुमैत्री कृषि प्रविधि अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र (नार्क) ले जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन विभिन्न जलवायुमैत्री कृषि प्रविधि अपनाउन सुझाएको हो ।
मंगलबार ‘जलवायु परिवर्तन जोखिम न्यूनीकरणको लागि कलाइमेट स्मार्ट कृषि’ विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा मौसम स्मार्ट, सिँचाइ स्मार्ट, खाद्य तत्त्व स्मार्ट, ऊर्जा स्मार्ट र एकीकृत शत्रुजीव व्यवस्थापन लगायतका स्मार्ट कृषि प्रविधिहरू सिफारिस गरिएको जनाए ।
सरकारले जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन स्मार्ट कृषि प्रविधिहरू सिफारिस गरिएको केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईको तर्क थियो । जलवायु परिवर्तनले ऋतु चक्रमा पनि परिवर्तन आइरहेकाले केही बालीहरू समय अगावै फुल फुल्ने, फल लाग्ने, रोग तथा किराको प्रकोप बढ्ने जस्ता समस्या देखिएको उनले बताए ।
नार्कले जलवायुमैत्री विभिन्न प्रविधि विकास गरेपनि किसान समक्ष पुग्न नसकेको केन्द्रका प्राविधिक अधिकृत कुमार मणि दाहालले बताए ।
वातावरणीय तापक्रम बढ्नले बालीमा असरपरेको बताइएको छ । यस्तै, फौजी किराको प्रकोप, विभिन्न रोगको प्रकोप पनि बढेको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रकी बाली रोग वैज्ञानिक चेतना मानन्धरले बताइन् ।
केन्द्रले विश्व वातावरण दिवस–२०२४ को अवसरमा वैज्ञानिक–पत्रकार अन्तरक्रिया गरेको हो । सो कार्यक्रममा वैज्ञानिकहरूको सक्रिय सहभागिता थियो । बुधबार केन्द्रले वृक्षारोपण गरी विश्व वातावरण दिवस–२०२४ मनाउने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता