सशस्त्रको डेडिकेटेड मनसुन प्रतिकार्य टिम गठन

काठमाडौँ । वर्षायाम सुरु भएसँग सशस्त्र प्रहरी बलले २४ सै घण्टा परिचाल गर्नेगरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ । टोलीमा विपद् व्यवस्थापन तालिम गरेका कर्मचारीहरू छन् ।
बाढी, पहिरो र डुबानमा परेकाहरूको तत्कालै उद्धारको लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुनको नफ्रिमा टोली गठन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माईनस प्लाटुन तथा अन्य युनिटहरुमा १ सेक्सनको नफ्रिमा मनसुन प्रतिकार्य टोली गठन गरिएको छ ।
प्रदेशस्थित सबै बाहिनी र उपत्यकाको पशुपतिनाथ बाहिनीमा तत्काल परिचालन गर्नेगरी ३ प्लाटुन जनशक्ति तयारी अवस्थामा राखिएको छ । सबै बाहिनीबाट ५० वटा टोली हाल विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युमेन्टहरु, डिजास्टर रिलिफ सिष्टम कन्टेनर र मास क्याज्यूल्टी भेहिकल समेत तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो, डुवानका घटनाहरूलाई लक्षित गरी सबै बाहिनी मुख्यालयहरूले मनसुनजन्य विपद् प्रतिकार्य पूर्वअभ्यास सञ्चालन गरेका थिए । सशस्त्रले जोखिमयुक्त ठाउँहरूमा विपद् सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
जापानमा शक्तिशाली भूकम्प