प्रदेश
मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी
मङ्गलबार, २२ जेठ २०८१, १८ : १३
वीरगन्ज । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका छन् ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेकी बेची लुङ्गेलीले मुख्यमन्त्री यादव कार्यालयमा नभएकाले उनलाई प्रतीक्षा गरिरहेको बताइन् । उनले मुख्यमन्त्री कार्यालयमा नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेर फर्किने बताइन् ।
एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?